सशस्त्र प्रहरीका सहायक हवल्दार घुससहित पक्राउ



कैलाली-

सशस्त्र प्रहरी सिमा सुरक्षा बल कैलालीका सशस्त्र जवान घुससहित पक्राउ परेका छन् ।

सशस्त्र प्रहरी सिमा सुरक्षा बल भजनी, कैलालीका घुमुवा सशस्त्र प्रहरी सहायक हवल्दार ज्ञान बहादुर चौधरी र सशस्त्र प्रहरी जवान रतीराम चौधरी पक्राउ परेका हुन् ।

भारतबाट मालसामान ल्याउने क्रममा भन्सार शुल्ल तिरिसके पश्चात पनि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरबाट खटिई गएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुले सेवाग्राहीसँग नगद बीस हजार घुस लिइसकेको अवस्थामा नगरपालिका–१ बाट पक्राउ गरेका हुन् । उनीहरुको थप अनुसन्धान भइरहेको जनाइएको छ

प्रकाशित मिति : आश्विन २२, २०७६ बुधबार  १ : ३० बजे