मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिकि राष्ट्र्पती ट्रम्प बिरुद्दको छनबिनमा ह्वाइट हाउसले सहयोग नगर्ने



काठ्माण्डौ-

अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पका बिपक्षी डेमोक्याट्रिक सांसदहरुले ट्रम्प विरुद्ध महाअभियोग लगाउने तयारी गरिरहदा राष्ट्रपति ट्रम्प बिरुद्द लागेको आरोपको अनुसन्धानमा ह्वाइट हाउसले सहयोग नगर्ने भएको छ ।

आगामी अमेरिकि राष्ट्रपतीय निर्वाचनमा आफ्ना बिपक्षिलाई कमजोर पार्न ट्रम्पका सम्भावित प्रत्यासी जो बाइडनविरुद्ध भ्रष्टाचारको मुद्दा चलाउन युक्रेनी समकक्षीलाई दवाव दिएको आरोपमा ट्रम्पलाई महाअभियोग लगाउनेबारे हाल ट्रम्पका विपक्षी डेमोक्र्याटहरूले छलफल चलाई रहेका छन ।

उक्त आरोपमा ट्रम्प बिरुद्द दुइ पटक उजुरी परी सकेको छ ।अमेरिकी कानुन अनुसार निर्वाचन जित्न विदेशी निकायको सहयोग खोज्नुलाई गैरकानुनी मानिन्छ ।

अमेरिकि राष्ट्रपतिको कार्यलय ह्वाइट हाउसले भने ट्रम्प विरुद्धको आरोपलाई दलिय पुर्वाग्रह सहित आएको असंवैधानिक र आधारहिन बताउँदै उक्त आरोप बिरुद्दको छनबिनलाई सहयोग नगर्ने जनाएको छ । ह्वाइट हाउसका प्रवक्ताले छानबिन पक्षपातपूर्ण र प्रक्रिया बिनै गरिएकोले त्यसमा सहयोग नगर्ने प्रतिक्रीया सार्बजनिक गरेका छन ।

थप समाचारका लागी –

दोश्रो पटक पनि उजुरी परेपछी अमेरिकि राष्ट्रपती ट्रम्प अफ्ठेरोमा

प्रकाशित मिति : २२ आश्विन २०७६, बुधबार  ३ : २५ बजे