मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यस बर्षको नोबेल शान्ति पुरस्कार इथियोपियाका प्रधानमन्त्री आबी अहमद अलीलाई



काठ्माण्डौ, एजेन्सि-

यस बर्षको नोबेल शान्ति पुरस्कार इथियोपियाका प्रधानमन्त्री आबी अहमद अलीले पाउने भएका छन ।

इथियोपियामा सन् १९९८ देखि २००० सम्म चलेको सीमा युद्धपछि २० वर्ष लामो सैनिक गतिरोध अन्त्य गर्दै इथियोपिया र इरिट्रियाबीच शान्ति सम्झौता गराउन उनले गरेको प्रयत्नका लागी उनलाई नोबेल शान्ती पुरस्कार प्रदान गर्ने निर्णय भएको घोषणा गरिएको हो ।

यस सगै प्रधानमन्त्री अलीले आउँदो डिसेम्बरमा नर्बेको ओस्लोमा आयोजना गरिने कार्यक्रमका बिच करिब नौ लाख अमेरिकी डलर सहित्को नोबेल शान्ति पुरस्कार प्राप्त गर्ने छन ।

यस वर्षको नोबेल शान्ति पुरस्कारका लागि ७८ वटा सङ्घसंस्था र २ सय २३ जना व्यक्तिहरू सहित ३ सय १ को मनोनयन परेको थियो।

प्रधानमन्त्री अली एथियोपियाबाट नोबेल पुरस्कार प्राप्त गर्ने पहिलो ब्यक्ती हुन ।

यसपटकको नोबेल शान्ती पुरस्कार शान्ती स्थापनाको प्रयत्नका लागी दिइने १००औ नेबेल शान्ती पुरस्कार समेत भएकोले यस पटकको पुरस्कारको बिशेष महत्व समेत रहेको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७६, शुक्रबार  १० : ३१ बजे