मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चिनियाँ राष्ट्रपतिको भ्रमण :नेपाललाई लाभ लिन सक्ने अबसर



काठमाडौं-

आज अपरान्ह चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आउँदैछन् ।

भारत भ्रमण मा रहेका उनी चेन्नईबाट सिधै काठमाडौं उत्रनेछन् ।चिनियाँ राष्ट्रपति सीले नेपाल भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, विपक्षी दलका नेता शेरबहादुर देउवालगायतसँग भेटवार्ता गर्नेछन् । आइतबार दुवै देशबीच महत्वपूर्ण समझदारीमा हस्ताक्षर हुनेछ ।

२३ वर्षपछि चिनियाँ राष्ट्रपतिबाट नेपाल भ्रमण हुनलागेकाले यसलाई चासोका साथ हेरिएको छ । चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमणलाई  महत्व दिएर नेपालप्रती चिनको उल्लेख्य चासो रहेको सन्देश बिश्वलाइ दिएका छन ।

चिनियाँ राष्ट्रपतिको २० घन्टा नेपाल बसाईंले दुई देशको सम्बन्धमा नयाँ सन्देश प्रवाह गर्नेछ । चिनियाँ राष्ट्रपतिबाट हुन लागेको यो नेपाल भ्रमण नेपालका कुराहरु चिनसामु स्पष्ट रुपमा राखेर द्दिपक्षिय सम्बन्ध थप  सुधृढ बनाउदै  चिनको बिकाशबाट नेपालाले लाभ लिने अबसर पनि हो ।

पछिल्लो समय चिनले बिश्व भरी नै आफ्नो लगानी बढाइ रहेको छ ।चिनिया लगानिकर्ताहरुलाई नेपालमा लगानी गर्न बिश्वास योग्य बाताबरण बनाउन चिनियाँ राष्ट्रपतिको  नेपाल भ्रमणलाई सरकारले सदुपयोग गर्न सक्नुपर्छ ।

बिश्वको शक्ती सन्तुलन लाई नै बदल्दै बिश्वको आर्थीक शक्तिका रुपमा उदाएको चिन सगको बिश्वासपुर्ण सम्बन्ध बाट नेपालले प्रश्स्त लाभ लिन सक्ने सम्भाबना पहिले देखी नै रहेको भए पनि नेपालले लाभ लिन सकेको छैन ।

नेपालको घरेलु राजनिति,सरकारी निति र कर्माचारी प्रसाशनमा उल्लेख्य सुधार नगरि त्यो सम्भब पनि देखिदैन ।

बर्तमान सरकारलाई समस्याहरुको पहिचान गर्दै चिनको बिकाश र सम्बृद्दिबाट नेपालले लाभ लिन सक्ने बाताबरण बनाउने अबसर छ ।सरकारले त्यो अबसरको सदुपयोग गर्न सक्छ कि सक्दैन सरकारका आगामी गतिबिधिहरुले देखाउनेनै छन ।

बर्तमान सरकार गठन भए देखी हाल सम्मको सरकारको प्रस्तुतीले सरकार सग कुनै ठुलो आश गर्ने अवस्था छैन ।

सरकारका आगामी गतिबिधीहरुले नै देशको बिकाश र सम्बृद्दिको अवस्था र सत्तारुढ दल नेकपाको भबिष्य निर्धारण हुनेछ ।

प्रकाशित मिति : २५ आश्विन २०७६, शनिबार  ६ : २९ बजे