काठ्माण्डौको आकाशमा सेनाको हवाईगस्ती



काठ्माण्डौ-

चिनियाँ राष्ट्रपति सी चिनफिङ राजकीय भ्रमणको समय नजिकिदै गर्दा नेपाली सेनाले काठ्माण्डौको आकाशमा हवाईगस्ती सुरु गरेको छ।

अत्याधुनिक दूरविनबाट निगरानी गर्दै सेनाले हवाई गस्ती सुरु गरेको हो।

हवाई गस्ती मार्फत सेनाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि सोल्टी होटेलसम्म, होटलदेखि राष्ट्रपति कार्यलय र राष्ट्रपति कार्यलयदेखि होटलसम्म र होटलदेखि विमानस्थलसम्मको रूटमा हेलिकप्टमार्फत एरियल रेकी गर्नेछ

सेनाकै नेतृत्वमा चार वटा सुरक्षा निकायले सीको भ्रमण अवधिभरलाई सुरक्षाअ प्रबन्ध मिलाईएको छ ।

सेनासँगै प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीले पैदलगस्ती गरिरहेका छन्।

सीको भ्रमणमा प्रयोग हुने सवारी रुटमा पर्ने ठूला घरका छतबाट समेत सेनाले अत्याधुनिक हतियार र दूरविनबाट निगरानी गरिरहेको छ।

प्रकाशित मिति : आश्विन २५, २०७६ शनिबार  ६ : ५६ बजे