आज देशैभर नेपाली कांग्रेसको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम



काठ्माण्डौ-

नेपाली कांग्रेसले आज (आइताबार) पार्टी कार्यलय बिपी नगर सानेपा सहित देशैभरी दशै,तिहार र छट लगायतका चाडबाडहरुको अबसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम आयोजना गर्दैछ ।

कांग्रेसले २०३४ सालदेखी हरेक बर्ष दशैको कोजाग्रत पुर्णिमाको दिन निरन्तर यो कार्यक्रम आयोजना गर्दै आएको छ ।

पञ्चायती शाषन कालामा नेपालमा बस्ने अवस्था नभएका कारण भारत प्रबासमा रहेका नेपाली कांग्रेसका संस्थापक नेता महामानब बिपी कोइराला २०३३ सालामा राष्ट्रीय मेलमिलापको निती लिएर स्वदेश फर्किएपछी कांग्रेस बाहेकका अन्य दलका नेताहरु र देशका सबै महत्वपूर्ण ब्यक्तीहरुलाई आमन्त्रण गरेर २०३४ सालामा पहिलो पटक दशैको कोजाग्रत पुर्णिमाका दिन शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम आयोजना गरेका थिए ।

त्यस एता कांग्रेसले निरन्तर दशैपछिको कोजाग्रत पुर्णिमाका दिन शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम आयोजना गर्दै आएको छ ।हरेक कोजाग्रत पुर्णिमाका दिन चियापान कार्यक्रम मार्फत दशै तिहार छट लगायत सबै चाड पर्बहरुको शुभकामना आदान प्रदान कांग्रेसको राजनितिक संस्कृति बनी सकेको छ ।

यस पटकको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा २० हजार भन्दा बढीलाई निमन्त्रणा पठाइएको मुख्य सचिब पौडेलले बताए ।

नेपालमा रहेका सबै देशका राजदुतहरु, अन्य कुटनितिक नियोगका प्रमुख तथा प्रतिनिधिहरु , कांग्रेस बाहेक अन्य सबै राजनितिक दलका केन्द्रिय समिती पदाधिकारी तथा सदस्यहरु, उधोगी ब्यबसायीहरु, समाजका अगुवा, मानवाधिकारकर्मी, कलाकार ,बुद्दिजिबी र लेखक तथा साहित्याकारहरु,एबम बिभिन्न पेशागत ब्यक्तित्वहरुलाई कार्यक्रममा आमन्त्रण गरिएको छ ।

चियापानमा ४० हजार भन्दा बढी सहभागी हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : आश्विन २६, २०७६ आईतबार  ५ : ४१ बजे