काठ्माण्डौ-
नेपाली कांग्रेसले आज (आइताबार) देशैभरी गरेको दशै,तिहार र छट लगायतका चाडबाडहरुको अबसरमा शुभकामना आदान प्रदान तथा चियापान पुर्ण रुपमा सफल भएको छ ।
कांग्रेसले पार्टिको केन्द्रिय कार्यलय बिपिनगर सानेपामा गरेको चियापान प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली, नेकपाका अर्का अध्यक्षा प्रचन्ड , नेकपाका अन्य बारीष्ठ नेताहरु ,बिभिन्न देशका राजदुत र कुटनितिक नियोगका प्रतिनिधिहरु, उधोगी ब्यबसायीहरु, समाजका अगुवा, मानवाधिकारकर्मी, कलाकार ,बुद्दिजिबी र लेखक तथा साहित्याकारहरु,एबम बिभिन्न बिशिष्ठ ब्यक्तीहरुको उपस्थितिमा सम्पन्न भएको छ ।


कार्यक्रममा उपस्थित सबैलाई शभापती शेर बहादुर देउबा, बरीष्ठ नेता नेता रामचन्द्र पौडेल्,महामन्त्री डा. शशाङ्क कोइराला अर्का महामन्त्री पुर्ण बहादुर खड्का,पार्टिका उपशभापतीहरु लगायत नेताहरुले स्वागत गर्दै शुभकामना ब्यक्त गरेका थिए ।
कार्यक्रममा उपस्थित प्रधानमन्त्री ओलि तथा नेकपाका अन्य नेताहरुले कांग्रेससगको सम्बन्ध सुधार गर्न चाहेको बताएका थिए ।
काठ्माण्डौ बाहिरका बिभिन्न जिल्लाहरुमा पनिकांग्रेसको चियापान कार्यक्रम सफलताका साथ सम्पन्न भएको छ ।

चितवन्, मोरङ लगायतका जिल्लाहरुमा ठुलो सङ्ख्यामा उपस्थितिका साथ चियाअपान कार्यक्रम सम्पन्न भएको ति जिल्लाका नेताहरुले बताएका छन ।


पञ्चायती शाषन कालामा नेपालमा बस्ने अवस्था नभएका कारण भारत प्रबासमा रहेका नेपाली कांग्रेसका संस्थापक नेता महामानब बिपी कोइराला २०३३ सालामा राष्ट्रीय मेलमिलापको निती लिएर स्वदेश फर्किएपछी कांग्रेस बाहेकका अन्य दलका नेताहरु र देशका सबै महत्वपूर्ण ब्यक्तीहरुलाई आमन्त्रण गरेर २०३४ सालामा पहिलो पटक दशैको कोजाग्रत पुर्णिमाका दिन शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम आयोजना गरेका थिए ।
संस्थापक नेता जननायक बिपी कोइरालाको मार्गलाई पछ्याउदै हरेक बर्ष कांग्रेसले दशैपछिको कोजाग्रत पुर्णिमाका दिन शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम आयोजना गर्दै आएको छ ।










