दरबारमार्गस्थित क्लब भिक्ट्रीमा आइतबार साँझ भिषण आगलागी



काठमाडौं –

काठ्माण्डौको दरबारमार्गस्थित क्लब भिक्ट्रीमा आइतबार साँझ आगलागी भएको छ ।

काठमाडौं प्रहरी परिसरका एसएसपी उत्तम सुवेदीका अनुसार केहीबेर अघिबाट लागेको आगो निभाउने प्रयास जारी छ ।

काठमाडौं महानगरपालिका र नेपाल प्रहरीको दमकलले आगलागी नियन्त्रणको प्रयास गरिरहेको छ ।

आगो के कारण लाग्यो भन्ने अहिलेसम्म खुलेको छैन ।

अहिलेसम्म क्षतिको यकिन विवरण आइसकेको छैन ।

प्रकाशित मिति : आश्विन २६, २०७६ आइतबार  २ : ११ बजे