पत्रकारलाई नाइजेरिया सबै भन्दा बढी खतरा



लाओस-

एम्नेस्टी इन्टरनेसनलले नाइजेरियालाई पत्रकारका लागि खतरापूर्ण राष्ट्रको सूचीमा राखेको छ।

एम्नेस्टीले सोमबार सार्वजनिक गरेको प्रतिवेदनमा यस वर्ष मात्रै नाइजेरियामा १९ पत्रकार मारिएकाले खतरापूर्ण राष्ट्र रहेको जनाएको हो।उनीहरू सवै सुरक्षाकर्मीहरुद्धारा मारिएको एम्नेस्टीले जनाएको छ। पत्रकारको हत्याको सङ्ख्या अत्यन्त धेरै भएको भन्दै एम्नेस्टीले चिन्ता व्यक्त गरेको छ।

अधिकारवादी समूहहरूले पत्रकारको हत्या, आक्रमण र धम्कीले नाइजेरियामा प्रेस स्वतन्त्रताको अवस्था नाजुक रहेको पुष्टि हुने जनाएका छन्।पत्रकार, ब्लगर र अधिकारवादीहरूलाई सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरूमार्फत् आवाज उठाउनु चुनौतीपूर्ण भएको छ,ु एम्नेस्टीको नाइजेरिया निर्देशक ओसै ओजीझोद्वारा जारी वक्तव्यमा उल्लेख छ।

उनीहरुले लेख लेख्न, धारणा व्यक्त गर्न, समाचार सम्प्रेषण गर्न पनि धेरै डर मान्नु परेको र त्यो क्रम बढ्दो अवस्थामा रहेको निर्देशक ओसैले दावी गरे।नाइजेरियामा देखिएको यो अवस्था अनपेक्षित रहेको उनीहरूले बताएका छन्। उनीहरुले स्वतन्त्रता र पत्रकार तथा अधिकारकर्मीहरुको सुरक्षाका लागि सरोकारवालाहरुको ध्यान जानु पर्नेमा पनि जोड दिएका छन्।

नाइजेरियामा विद्रोही समूह बोको हराम र सरकारी पक्षकाबीचमा लामो समयदेखि द्वन्द्व चल्दै आएको छ भने सो वर्षेनी सयौँको ज्यान जाने गरेको छ। रासस

प्रकाशित मिति : आश्विन २८, २०७६ मंगलबार  ४ : ३४ बजे