नेकपाको चियापानमा काँग्रेस वरिष्ठ नेता पौडेलले भने :राजनितिमा बिकृती बिसङ्गती बढी भयो



काठमाडौं–

काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पछिल्लो समय नेपालको राजनितिबाट नैतिकता हराएको अनुभुती हुन थालेको बताएका छन ।

बुधबार काठमाडौंमा आयोजित नेकपाको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै बरीष्ठ नेता पौडेलले राजनिती नैतिक संकटको चपेटामा परेको र विकृति र विसंगतिले राजनितिलाई जनताबाट टाढा पुर्याएको उल्लेख गरे ।

पछिल्लो समय सरकार प्रती बढेको जनताको बितृष्णाप्रती इङ्गित गर्दै बरीष्ठ नेता पौडेलले राजनिती ठिक ढङ्गले नचल्दा जनतामा आक्रोश र बितृष्णा पैदा भएको उल्लेख गरे ।

पौडेलाले राजनितिलाई सम्मानित बनाउन सिद्धान्त र निष्ठाको राजनीतिलाई जोड दिनुपर्ने आवश्यक्ता औंल्याए ।वरिष्ठ नेता पौडेलले मुलुकको बिकाशका लागी फरक फरक दलहरुको बिचमा पनि कैयन बिषयमा साझा धारणा बनाउन जरुरी रहेको बताए ।

फरक प्रसङ्गमा पत्रकारहरुसग बोल्दै बारीष्ठ नेता पौडेल ले रिक्त भएको शभामुख अब नेपाली काँग्रेस बाट बन्नु पर्ने बताए ।कानुनी ब्यबस्था अनुसार सभामुख र उपसभामुख एउटै दलको बनाउन नमिल्ने भएकोले कानुनी ब्यबस्थाको सम्मान गर्दै सभामुख र उपसभामुख कुनै एउटा नेपाली काँग्रेसबाट बन्नु पर्ने पौडेलको भनाइ थियो ।

प्रकाशित मिति : आश्विन २९, २०७६ बुधबार  १ : ३४ बजे