३० असोज, काठमाडौं –
गैरआवासीय नेपाली सघ (एनआरएनए)को नयाँ नेतृत्वका लागि काठ्माण्डौको हायात होटलमा सम्पन्न निर्बाचनमा मतदान सकिएको छ ।
निर्वाचनमा शुरुमा विद्युतीय मेशिनबाट मतदान हुने भनिएता पनि विद्युतीय मेशिनमा प्राबिधिक समस्या देखिएपछी मतपत्र प्रयोग गरिएको थियो ।
बिहिबार भएको मतदानमा २ हजार ३४१ मत खसेको निर्वाचन समितिले जानकारी दिएको छ । मुचुल्का उठाए लगत्तै मतगणना सुरु गर्ने निर्वाचन समितिले तयारी गरेको छ ।
बिहीबार बिहान १० बजेदेखि शुरु भएको मतदान बिभिन्न विवादकाबीच साँझ ६ बजे सकिएको हो ।
निर्वाचनमा ४२ पदका लागि ७६ जना प्रतिस्पर्धी रहेका छन् ।अध्यक्षमा जर्मनीबाट कुमार पन्त र बेलायतबाट कुल आचार्य उम्मेदवार छन् । महासचिवमा जानकी गुरुङ र डा. हेमराज शर्माको उम्मेदवारी छ।निर्वाचनबाट दुई वर्षका लागि बिभिन्न १२ पदमा ४२ सदस्यीय कार्यसमिति चयन हुनेछ ।
मध्यपूर्वका संयोजक र २ उपसंयोजक भने निर्बिरोध भइसकेका छन् ।








