काठ्माण्डौ-
नेपाली कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले यही कार्तिक १ र २ गते भक्तपुरको बोडेमा प्रशिक्षण कार्यक्रम आयोजना गर्दैछ ।
कांग्रेसबाट विजयी गाउँपालिका अध्यक्ष र उपाध्यक्षहरु, संबन्धित गाउँपालिकाका नेपाली कांग्रेसका सभापतिहरु र जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखहरुको लागी प्रशिक्षण कार्यक्रम आयोजना गर्न लागिएको प्रशिक्षण प्रतिष्ठानले जनाएको छ ।
प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रलाई कांग्रेस सभापति , बारीष्ठ नेता, महामन्त्रीद्वय लगायत नेताहरुले संबोधन गर्ने कार्यक्रम रहेको प्रतिष्ठानले जनाएको छ ।
भक्तपुरको बोडे स्थित कृषि विकास बैंकको तालिम केन्द्रमा हुने प्रशिक्षणका लागी जिल्ला जिल्लाहरुबाट सहभागिहरु काठ्माण्डौ आइपुग्ने क्रम शुरु भइ सकेको छ ।








