जनसम्पर्कका प्रतिनिधीहरुलाई कांग्रेस महामन्त्री कोइरालाको चियापान : देश बिदेशमा बस्ने सबैलाई एकजुट हुन आग्रह



काठ्माण्डौ-

कांग्रेस महामन्त्री डा शशांक कोइरालाले एनआरएनए को नवौ सम्मेलन मा भाग लिन विश्व भरिबाट आएका नेपाली जनसम्पर्क समितिका अध्यक्ष पदाधिकारी एबम प्रतिनिधीहरुका लागी आफ्नै निबास महाराज्गन्जमा चियापान कार्यक्रम आयोजना गरेका छन ।

चियापान कार्यक्रममा कांग्रेस बारीष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्री एबम नेता प्रकाशमान सिंह,लगायत नेपाली कांग्रेसका केन्द्रिय सदस्यहरु र बिदेश स्थित जनसम्पर्क समितिका अध्यक्ष, पदाधिकारी तथा प्रतिनिधि तथा पत्रकारहरु उपस्थित रहेका थिए ।

चियापानमा उपस्थित सबैलाई स्वागत गर्दै महामन्त्री कोइरालाले लोकतन्त्र र ब्यबस्थालाई बचाउदै देशलाई बिकाश र सम्बृद्दिको बाटोमा हिडाउन देश बिदेशमा बस्ने सबै नेपालीहरुले अथक प्रयास गर्नुपर्ने बताए ।

कोइरालाले बर्तमान सरकार लोकतन्त्र ,देशको बिकाश र सम्बृद्दी प्रती चिन्तित नदेखिएको भन्दै अब देशको भबिष्य नेपाली कांग्रेसकै हातमा रहेको उल्लेख गरे ।देश अझै अफ्ठेरो परिस्थितिमा रहेकोमा जोड दिदै महामन्त्री कोइरालाले देशलाई सहज बाटोमा ल्याउन देश बिदेशमा रहेका नेपाली कांग्रेसमा आस्थावान सबै एकताबद्द भएर अघिबढ्नुपर्ने उल्लेख गरे ।

कार्यक्रममा सहभागीहरुले पार्टिमा नेतृत्व परिवर्तनका लागी कांग्रेस बारीष्ठ नेता रामचन्द्र पौडेल,महामन्त्री  कोइराला र पूर्व महामन्त्री एबम नेता प्रकाशमान सिंह लगाएत नेताहरुलाई एकजुट हुन सुझाब दिएको बताइएको छ ।

नेतृत्व परिवर्तन बिना कांग्रेसमा नयाँपन र पार्टीप्रती जनतामा आकर्षण नबढ्ने भन्दै यस अघी पनि नेताहरुलाई जिल्ला जिल्लाका नेताकार्यकर्ताहरुले एक्जुट हुन चर्को दबाब दिदै आएका छन ।

प्रकाशित मिति : कार्तिक ३, २०७६ आईतबार  ८ : ४९ बजे