प्रदिप र वर्षा फिचर्ड देउसी भैलो गीतको चर्चा



काठ्माण्डौ-

हिन्दुहरुको दोश्रो महान चाड दिपावली नजिकिए संगै देउसी भैलो गीत बज्न सुरु भएको छ ।

नेपाली चाड पर्व संगै चाड बाड बिसेष गीत संगीतले पनि स्थान पाउने गरेका छन् । ओम प्रकाश राईको स्वर तथा संगीतमा तिहार गीत ‘नगासें बहिनि टिपेर माला’ युट्युबमा गता बर्ष सार्बजनिक भएको हो । यस बर्ष पनि तिहारमा यो गीतले विभिन्न ठाउंमा स्थान पाई रहेको छ । आर.डि.थापाको मार्मिक शब्द रहेको गीतको भिडियोमा प्रदिप सापकोटा र वर्षा रसाइली फिचर्ड छन् ।

गीतमा दिनेश राजबाहकको संगीत संयोजन रहेको छ । अजय गोलेले छायांकन गरेको भिडियोलाइ ललित सिंह साउदले सम्पादन गरेका छन् ।

भिडियो ओम प्रकाश राइले निर्देशन गरेका हुन् । ओशियन म्युजिक नेपालको यु ट्युब च्यानल मार्फत भिडियो सार्बजनिक गरिएको छ ।

 

प्रकाशित मिति : कार्तिक ३, २०७६ आईतबार  २ : ३८ बजे