नेपालीहरुको वस्ती भएको अमेरिकाको टेक्सस ड्यालसमा भीषण आँधीबेरी



अमेरिका–

नेपालीहरुको घना वस्ती भएको अमेरिकाको टेक्सस ड्यालसमा भीषण आँधीबेरी (टोरनेडो) आएको छ ।

आँधीबेरीबाट बस्ती अन्धकारमय भएको छ। आइतबार राती ९ः३० बजे बाट आएको आँधिबेरी (टोरनेडो)ले एकलाख घरहरु प्रभावित भएका छन् ।

आँधीमा परेर घाइते हुनेहरुको स्थानीय अस्पतालमा उपचार भैरहेको छ भने अन्य मानवीय क्षतिबारे विवरण आइसकेको छैन ।

आँधीका कारण ठुला भवनहरुमा समेत क्षति पुगेको छ भने रुख र बिजुली बत्तीका खम्बाहरु ढलेका छन् ।

ड्यालसको फोर्ट वर्थ क्षेत्रमा निकै क्षति भएको हुन्सक्ने अनुमान गरिएको छ ।

सोही क्षेत्रमा १ लाख ग्राहकका घरमा बिजुली बत्ति बिच्छेद भएको छ ।

सरकारले आँधी प्रभावित क्षेत्रका विद्यालय र विश्वविद्यालय समेत केही दिनका लागि बन्द गर्ने निर्णय गरेको सीएनएनले जनाएको छ ।

सोमबार बिहानदेखि प्रहरीहरु प्रभावित क्षेत्रमा पुगेर उद्धार जुटिरहेका छन् ।

प्रकाशित मिति : कार्तिक ४, २०७६ सोमबार  ३ : ०३ बजे