काठमाडौँ-
प्रहरी नियन्त्रणमा राखिएका गायक दुर्गेश थापाले सार्वजनिक रुपमा माफी मागेपछि प्रहरीले उनलाई छाडेको छ।
तिहारका लागि निकालेको गित उच्छ्रङ्खल भएको भन्दै गायक दुर्गेश थापा माथी उजुरी परेपछी प्रहरिले उनलाई पक्राउ गरेको थियो ।
उनले तिहारका लागी सार्बजनिक गरेको‘ह्याप्पी तिहार, चिसो बियर’ बोलको गीतमा प्रयोग गरिएको शब्दका कारण विवादमा तानिएका उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अधिवक्ता यज्ञराज न्यौपानेले उजुरी गरेका थिए।
दुर्गेशलाई प्रहरीले बालाजुबाट नियन्त्रणमा लिएर महाशाखा ल्याएको थियो।
यसैअनुसार उनले मंगलबार दिउँसो माफी सार्वजनिक रुपमा आफूबाट गल्ती भएको स्वीकार गरेका थिए। ‘मबाट गल्ती भयो, यसका लागि म माफी माग्छु, कानुनमा केके छ भनेर हामी कलाकारहरुले ख्याल पुर्याउनुपर्ने रहेछ, मैले जस्तो अरु कलाकारले भोग्नु नपरोस्,’ उनले सञ्चारकर्मीमाझ भनेका थिए।
उनले धर्ममा आँच आउने गरी गीत तयार गरेका कारण प्रहरी चौकीसम्म आउनुपरेको भन्दै माफी मागेका थिए










