दीपक मनाङ्गेको जीवनीमा आधारित चलचित्र ‘मनाङ्गे’ निर्माण हुने



काठमाडौं–

दीपक मनाङ्गेको जीवनीमा आधारित फिल्म निर्माण हुने भएको छ ।

प्रदेशसभा सांसद रहेका मनाङ्गेको जीवनीमा आधारित फिल्मको निर्माण किरण नेपाली र अमलादेवी राईले गर्ने भएका हुन् ।

चलचित्र ‘मनाङ्गे’ नाम दिइएको उक्त फिल्मको निर्देशकमा जमन बिष्ट अनुवन्धित भएका छन् ।

निर्देशक जमन आफैले अहिले कथामा काम गरिरहेक छन् । फिल्म निर्माणका लागि निर्माणपक्ष र जमनबीच सोमबार सम्झौता समेत भइसकेको छ ।

चलचित्र ‘मनाङ्गे’ले दीपक मनाङ्गेको जीवनकथालाई समेट्ने निर्माण पक्षले जानकारी दिएको छ ।

प्रकाशित मिति : कार्तिक ५, २०७६ मंगलबार  ३ : ०९ बजे