अमेरिकि सेनाको कार्बाहिमा मारिएका इस्लामिक स्टेटका प्रमुख बग्गादीको नालिबेली



काठ्माण्डौ- (बिबिसिबाट)

आईएसका नेता अल(बग्दादी विश्वका सबैभन्दा खोजी गरिएका व्यक्ति ठानिन्थे।

सन् २०११ को अक्टोबरमा अमेरिकाले बग्दादीलाई आधिकारिक रूपमा आतङ्ककारी तोक्दै उनको पक्राउ वा मृत्यु हुने गरी कसैले सूचना दिएमा एक करोड डलरको पुरस्कार घोषणा गरेको थियो।

बग्दादी एक अत्यन्तै व्यवस्थित र क्रूर विद्रोही योद्धाका रूपमा कुख्यात थिए।

सन् १९७१ मा बग्दादको उत्तरस्थित समरामा उनको जन्म भएको थियो।विवरणहरूका अनुसार अमेरिकाले सन् २००३ मा इराकमा अतिक्रमण गर्दा ताका बग्दादी त्यहीको एक मस्जिदमा धर्मगुरु थिए।कतिपयका अनुसार सद्दाम हुसैनको शासन ताका नै बग्दादी विद्रोही जिहादी भइसकेका थिए।

अरूका भनाइमा चाहिँ दक्षिण इराकस्थित अमेरिकी शिविर क्याम्प बुक्कामा चार वर्ष बन्दी बनाइएपछि बग्दादी कट्टरपन्थी भएर निस्किए।सो शिविरमा कैयौँ अल(कायदा कमाण्डरहरूलाई राखिएको थियो।सन् २०१० मा बग्दादी इराकमा अल कायदाको नेताका रूपमा उदाए।

आइएसमा पछि सो समूह समाहित भएको थियो। सिरियाको अल(नुसरा गुटसँग जोडिने प्रयास भइरहेका बेला बग्दादी सङ्गठनको उच्च नेतृत्वमा उदाए।

इस्लामिक स्टेट कसरी भयो शक्तिशाली ?

सिरिया र इराकको ठूलो भूभागमाथि कब्जा जमाएपछि सन् २०१४ मा यो चरमपन्थी इस्लामवादी समूह अन्तर्राष्ट्रिय चर्चामा आयो।

आईएसले आफ्नो बर्बर शासन झन्डै ८० लाख मानिसमाथि लाद्यो, अनेकौँ हत्या गर्‍यो, सांस्कृतिक धरोहरहरू नष्ट पार्‍यो र तेल विक्री, चन्दा असुली, लुटपाट एवम् फिरौतीबापत अर्बौँ डलर आर्जन गर्‍यो।

पाँच वर्षदेखि भएको भीषण एवम् रक्तपातपूर्ण लडाइँपछि एक ताका आफूले नियन्त्रण कायम गरेको सबै भूभागबाट आईएस धपाइएको छ।

इस्लामिक ग्रन्थमा उल्लेखित कुराको कट्टर व्याख्या गर्दै सो समूहले मुस्लिम र गैरमुस्लिमहरूमाथिको आक्रमणलाई जायज ठहर्‍याउँदै आएको छ।

सम्बन्धित समाचार-

आतंकवादी संगठन इस्लामिक स्टेटका प्रमुख अबु अल बग्दादी अमेरिकी सैनिक कारबाहीमा मारिए

प्रकाशित मिति : कार्तिक ११, २०७६ सोमबार  ६ : १७ बजे