काठमाडौं-
काठमाडौंको महाराजगञ्जबाट गत आइतबार २ करोड ६७ लाख रुपैयाँ नगदसहित पक्राउ परेपछी सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको मुद्दा लिएर पुगेका भिआइपी जुवाडेहरु अझै थुनामै रहने भएका छन ।
सर्वोच्चमा दायार भएका बन्दी प्रत्यक्षीकरण मुद्दा एकसाथ राखेर सुनुवाई गर्ने आदेश सर्वोच्चले गरेपछि उनीहरु थुनामै गएका हुन्।
सर्वोच्चले पहिले निवेदन दायर गरेका ६ जनालाई यसअघि २४ घन्टाभित्र अदालत उपस्थित हुन आदेश गरेको थियो।
सर्वोच्चको आदेश अनुसार उनीहरु मंगलबार नै अदालत उपस्थित गराइएको थियो। मंगलबार ढिला गरी अदालत उपस्थित भएपछि उनीहरुको मुद्दा सुनुवाई हुन सकेको थिएन।
भाइटीकाअघि नै छुट्ने आशामा यसअघि सर्वोच्च पुगेका भिआइपी जुवाडेको मुद्दा सोमबार समय अभाव भन्दै हेर्दाहेर्दैमा राखिएको थियो।








