कपिलवस्तुको कृष्णनगरमा प्रहरीको चलाएको गोली लागि १ जनाको ज्यान गयो स्थिती तनाबग्रस्त



काठमाडौं- –

कपिलवस्तुको कृष्णनगरमा जिल्ला प्रशासन कार्यालयले लगाएको कर्‍फ्युको अवज्ञा गरेको आरोपमा प्रहरीले चलाएको गोली लागि १ जना स्थानीयको ज्यान गएको छ ।

लक्ष्मी पूजाको मूर्ती बिसर्जन गर्ने क्रममा कपिलबस्तुको कृष्णनगरमा तनाव बढे पछी जिल्ला प्रशासन कार्यालयले कर्‍फ्यु लगाएको थियो ।लक्ष्मी पूजाको मूर्ती बिसर्जन गर्ने क्रममा हिन्दूधर्मालम्बीले विगतको रुट परिवर्तन गरी अर्को रुट प्रयोग गरेपछि मुस्लिम समुदायले विरोध गरेका थिए। विवाद बढ्दै गएपछि सो क्षेत्रमा अहिले कफ्र्यु लगाइएको कपिलबस्तु प्रहरीले जनाएको छ। कर्फ्यू आदेश उल्लंघन गर्ने माथि प्रहरीले गोली प्रहार गरेको छ । प्रहरीको गोली लागी स्थानीय कृष्णनगर नगरपालिका-२ का सुरजकुमार पाण्डेको मृत्यु भएको छ।

यसअघि लक्ष्मी पूर्जाको मूर्ती बिसर्जन गर्दा प्रयोग गरेकै बाटो प्रयोग गर्न मुस्लिम समुदायले आग्रह गरेका थिए। तर हिन्दु समुदायले नयाँ रुट प्रयोग गरी मूर्ती बिसर्जन गर्न लग्दा मुस्लिम समुदायले विरोध गरेपछि विवाद उत्पन्न हुँदाअ स्थिति तनावग्रस्त बनेपछि कफ्र्यू जारी गरिएको हो ।

स्थिति तनावग्रस्त बन्दै गएपछि प्रदर्शनकारीले कफ्र्यू उल्लघंन गरेका छन्। प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन केही सेल अश्रुग्याससमेत प्रहार गरेको छ। सो क्रममा एक जना प्रहरीसमेत घाइते भएको र उनको उपचार भइरहेको छ।

कृष्णनगरमा क्षेत्रमा अहिले सुरक्षा व्यवस्थामा कडा पारिएको छ ।

प्रकाशित मिति : कार्तिक १४, २०७६ बिहीबार  ७ : ५७ बजे