साँखुमा बस दुर्घटना : तीनजनाको मृत्यु , ५० भन्दा बढी घाइते



काठमाडौं –

काठमाडौंको साँखुमा बस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । अरु ५० भन्दा बढी घाइते भएका छन्

सिन्धुपाल्चोकबाट काठमाडौं आउँदै गरेको बा ५ ख ५०७० नम्बरको आमा ह्योल्मो यातायातको बस दुर्घटनामा परेको महानगरीय प्रहरी प्रभाग साँखुले जानकारी दिएको छ । ओरालोमा चिप्लिएर बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

तीनजनाको घटनास्थलमै मृत्यु भएको र घाइते सबैको उद्धार गरिएको छ ।घाइतेहरुको साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पताल र लाइफ केयर अस्पतालमा उपचार भइरहेको छ भने गम्भिर घाइते भएका एक बालकलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल लागिएको  छ ।

दुर्घटनाको बारेमा अनुसन्धान भइ रहेको प्रहरिले जनाएको छ ।

प्रकाशित मिति : कार्तिक १४, २०७६ बिहिबार  १ : १० बजे