काठ्माण्डौ, एजेन्सि-
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पमाथि महाभियोग चलाउने प्रस्ताबलाई अमेरिकि संसदको तल्लो सदन प्रतिनिधी सभाले पारित गरेको छ ।
सदनमा भएको मतदानमा प्रस्तावको पक्षमा २३२ र विपक्षमा १९६ भोट खसेको अन्तर्आष्ट्रीय सञ्चार,माध्यमहरुले समाचारमा जनाएका छन । । प्रतिनिधी सभामा डेमोक्रेटिक पार्टीको बहुमत छ । डेमोक्रेटिक संसदको नेतृत्वमा महाभियोग अनुसन्धान प्रक्रिया सुरु गरिएको हो ।
राष्ट्रपती ट्रम्पले आगामी राष्ट्रपति निर्वाचनमा आफ्ना सम्भाबित प्रतिस्पर्धिलाई कमजोर बनाउन विदेशी हस्तक्षेप आह्वान गरेको आरोप खेपीरहेका छन ।ट्रम्पमाथि आफ्ना विरोधी जो बिडेन र उनका छोराविरुद्ध युक्रेनी ग्यास कम्पनीमा भ्रष्टाचारको मामलाको अनुसन्धानका लागि युक्रेनमाथि दबाब दिएको आरोप छ । ट्रम्पले सन् २०२० मा हुने राष्ट्रपतीय निर्वाचनमा उनका सम्भावित प्रत्यासी जो बाइडनविरुद्ध भ्रस्टाचारको मुद्दा चलाउन युक्रेनी राष्ट्रपतिलाई टेलिफोन मार्फत आग्रह गर्नु गैह्रकानुनी भएको भन्दै ट्रम्प बिरुद्द दुइ वटा उजुरी परेका थिए । तिनै उजुरिहरुका आधारमा ट्रम्प बिरुद्द डेमोक्रेटिक संसदहरुले महाअभियोग लगाउने तयारी गरिरहेका हुन ।
अबा प्रतिनिधी सभाको ६ समितिले राष्ट्रपति ट्रम्पमाथि महाभियोगको अनुसन्धान गर्नेछ र अनुसन्धान प्रतिबेदन प्रतिनिधी सभाको न्यायिक समितिमा पठाइनेछ ।
प्रतिबेदन्मा ट्रम्पले गलत काम भएको प्रमाण भेटिए प्रतिनिधि सभामा महाभियोग प्रस्ताब पारित गर्नका लागी लागि मतदान हुनेछ ।
प्रतिनिधि सभामा हुने उक्त मतदानमा बहुमतभन्दा धेरै भोट आए महाभियोग प्रस्ताब प्रतिनिधि सभाबाट पारित भइ अमेरिकि संसद माथिल्लो सदन सिनेटमा जानेछ ।सिनेटमा राष्ट्रपती ट्रम्पको रिपब्लिकन पार्टी बहुमतमा रहेकोले ट्रम्प बिरुद्दको महाभियोग प्रस्ताब पारित हुने एक्दमै कम सम्भाबना भएको बताइएको छ ।अमेरिकि संसदको अन्तिम सुनुवाइ माथिल्लो सदन सिनेटमा हुने गरेकोले राष्ट्रपती ट्रम्प सुरक्षित रहेको समेत बताइएको छ ।
यधपी आगामी राष्ट्रपती निर्बाचन नजिकिदै गर्दा निर्बाचन दौरानमा भने राष्ट्रपति ट्रम्प र उनको रिपब्लिकन पार्टीलाई यो मुद्दाले ठुलो असर गर्ने ठानिएको छ ।
अमेरिकी राजनीतिक इतिहासमा अहिले सम्म कुनै राष्ट्रपतिलाई महाभियोग मार्फत हटाइएको छैन ।
सम्बन्धित समाचार-
आगामी निर्बाचनमा राष्ट्रपति ट्रम्पका प्रतिस्पर्धी जो बाइडनद्वारा ट्रम्प माथि महाभियोग लगाउन आह्वान
अमेरिकि राष्ट्र्पती ट्रम्प बिरुद्दको छनबिनमा ह्वाइट हाउसले सहयोग नगर्ने
दोश्रो पटक पनि उजुरी परेपछी अमेरिकि राष्ट्रपती ट्रम्प अफ्ठेरोमा










