निवर्तमान सभामुख महरा बिरुद्द थुनछेक बहस सुरु



काठमाडौं-

बलात्कारको अभियोगमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको थुनछेक बहस सुरु भएको छ। शुक्रबार काठमाडौं जिल्ला अदालतमा न्यायाधीश सुर्दशनराज पाण्डेको एकल इजलासमा महराको थुनछेक बहस सुरु भएको हो।

महरामाथि संसदसचिवालयकी एक महिला कर्मचारीमाथि बलात्कारको आरोप लागेपछि प्रहरीले पक्राउ गरेको थियो। पक्राउ परेका महरालाई सरकारी वकीलको कार्यालय, काठमाडौंले गत बिहीबार बलात्कार प्रयास गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।

थुनछेक बहस सकिएपछि महरा छुटने, धरौटीमा रिहा हुने वा पूर्पक्षका लागि कारगार चलान गर्नै अदालतले फैसला गर्नेछ।

प्रकाशित मिति : कार्तिक १५, २०७६ शुक्रबार  ६ : २४ बजे