बम भेटिएको हल्लाले गोरखामा त्रास



गोरखा-

गोरखा आइतबार गोरखामा बमको हल्लाले केही समय त्रास फैलिएको छ ।

गोरखा नगरपालिका–१२, आठकिलोमा आइतबार बिहान नक्कली बम फेला परेको हो ।

खतरा लेखिएको कार्टुनभित्र बम नभएर माटो र तामाको तार मात्र फेला पारेको नेपाल प्रहरीका एसपी ओमप्रसाद अधिकारीले जानकारी दिए ।

सडकबीचमा शंकास्पद वस्तु भेटिएपछि त्रस्त बनेको जनजीवन अहिले सामान्य बनेको प्रहरीले जनाएको छ

प्रकाशित मिति : कार्तिक १७, २०७६ आइतबार  ५ : ४६ बजे