बलिउडका चर्चित अभिनेता गोविन्दा काठ्माण्डौमा : भन्छन ‘नेपाल राम्रो लाग्छ ’



बलिउडका चर्चित अभिनेता गोविन्दा नेपाल आइपुगेका छन् ।

श्रीमती सुनिता आहुजा सहित गोविन्दा नेपाल आइपुगेका हुन्।

वीरगन्जमा बिहीबारबाट सुरु हुन लागेको तीनदिने ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’मा सहभागी हुन उनी नेपाल आएका हुन्।

बुधबार दिउँसो त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै बलिउड अभिनेता गोविन्दाले नेपाल र नेपालीको प्रशंसा गरेका छन्।गोविन्दाले आफ्ना फिल्म हेर्ने सम्पूर्ण नेपालीहरुप्रति आभार समेत प्रकट गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँगको भेटमा उनले आफ्नो फिल्म हेर्ने सबैलाई आभार व्यक्त गरेका हुन्

‘यहाँको प्रेम डगमगाउँदैन। र, यही नै मलाई नेपालको सबैभन्दा राम्रो पक्ष लाग्छ,’ खुसी मुद्रामा उनले भने।

उनकी श्रीमती सुनिता नेपाली मुलकीभएकाले गोविन्दाले नेपाललाई आफ्नो ससुराली देश भन्ने गरेका छन।गोविन्दा गतवर्ष काठमाडौंमा आयोजित ‘एलजी फिल्म अवार्ड’ मा सहभागी हुन नेपाल आएका थिए ।

प्रेस मिटमा गोविन्दासहित आएकी श्रीमती सुनिताले आफ्नो आमाको घर काठमाडौंस्थित साँखुमा रहेकी बताइन्।

प्रकाशित मिति : कार्तिक १९, २०७६ मंगलबार  १ : ३७ बजे