बंगलादेशका राष्ट्रपति अब्दुल हमिद काठ्माण्डौमा : राष्ट्रपती भण्डारिले गरिन स्वागत



काठ्माण्डौ-

बंगलादेशका राष्ट्रपति अब्दुल हमिद ४ दिने भ्रमणका लागि मंगलबार काठ्माण्डौ आइ पुगेका छन ।

५२ सदस्यीय प्रतिनिधि मण्डलको साथमा उनी नेपाल भ्रमणमा आइपुगेका हुन्। उनलाई विमानस्थलमै राष्ट्रपति भण्डारीले स्वागत गरेकी छिन्।राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा हमिद नेपाल आएका हुन्।

उनको स्वागतका लागि उपराष्ट्रपति नन्द बहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ‌ओली, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना विमानस्थल पुगेका छन्।

त्रिभुवन विमानस्थलमा उनलाई सेनाको टुकुडीले सम्मान गारत अर्पण गरिएको छ।

नेपालमा रहँदा हमिदले समकक्षी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नेछन्।

राष्ट्रपति भण्डारीले हमिदको सम्मानमा रात्रीभोज आयोजना गर्नेछिन्।तेस्तै नेपाल रहदा उनले अन्य महत्वपुर्ण राजनितिक भेट्घाट गर्ने छन ।

प्रकाशित मिति : कार्तिक २६, २०७६ मंगलबार  ८ : ०१ बजे