मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निरन्तर दबाब र बार्ताले छिमेकी देशलाई नियन्त्रणमा राखौ



रीना  भट्ट-

कुनै पनि देशको अस्तित्व तब सम्म रहिरहनसक्छ जब सम्म त्यो देश सार्वभौम सत्ता सम्पन्न राष्ट्रको रुपमा रहन सक्छ। कुनै पनि राष्ट्रको आत्मा भनेकै सार्वभौमिकता हो। जुन राज्यको आफ्नो सार्वभौमिकता हुन्छ वा ऊ सार्वभौम सत्ता सम्पन्न हुन्छ त्यो राष्ट्र भनेको जीबन्त राष्ट्र हो।सार्वभौमिकता बिनाको राष्ट्र भनेको आत्मा बिनाको शरीर जस्तै हो जसलाई जो सुकै ले जे गरे पनि उसले प्रतिक्रिया जनाउन सक्दैन उ मृत भएको शरीर सरह हुन्छ। कुनै पनि राष्ट्रको सार्वभौमिकता अटल, अमर, अबिभाज्य, अदेय र आफ्नो सिमा भित्र ब्यापक हुन्छ। यस्तो देश को सिमा भित्र रहेको सर्वोच्च शक्ति माथि यदि कसैले हस्तक्षेप गर्दछ भने त्यसको प्रतिकार गर्नु कुनै पनि राष्ट्र को मुख्य काम हो।

जब राष्ट्रले आफ्नो सार्वभौमिकता लाई जोगाउन सक्दैन तब त्यो राष्ट्रले आफ्नो अस्तित्व लाई पनि बचाएर राख्न सक्दैन भन्ने कुरा सबैले बुझ्नुपर्ने हुन्छ।कुनै पनि सार्वभौम राष्ट्रको आन्तरिक सिमाना मा अन्तर्राष्ट्रिय कानुन अनुसार अर्को राष्ट्रले हस्तक्षेप गर्न पाउदैन भन्ने रहेको छ। यस्तो हुदां हुदै पनि हाम्रो छिमेकी मुलुक भारत ले सार्वजनिक गरेको भारत को नयाँ नक्शामा नेपालको सिमाना भित्र पर्ने कालापानी र लिपुलेक भन्ज्याङ समेत भारत राष्ट्रको सिमाना भित्र देखाउने काम गरेको ले यसको धोर बिरोध सम्पूर्ण नेपाली ले गर्नै पर्छ। भारतीय तर्फ बाट यो दृष्टता हुनुको पछाडि नेपाली तर्फ कै कमजोरी देखिएको छ।

सन१९६२ देखि नै नेपाली सार्वभौम सत्ता सम्पन्न राष्ट्र को भूमी लिपुलेक र कालापानी मा चीन भारत र तिब्बती ब्यापारीक प्रयोजनका क्षेत्र भन्दै सुरक्षाको लागि भारतीय सेना प्रबेश गरि शैन्य क्याम्प खोल्दा सार्वभौम सत्ता सम्पन्न राष्ट्र को तत्कालीन पंचायती ब्यबस्थाका सरकारले किन आपत्ति जनाउन सकेनरु यो प्रश्न तत्कालीन शासक लाई। जसको कमजोरी ले आज क्षेत्रमा भारतीय पक्षको दाबी रह्यो।सन २०१५ को मे महिनामा भारत र चीन दुबै बिच नेपाल राष्ट्र लाई जानकारी बिना नै नेपाली भूमि लिपुलेक भन्ज्याङ लाई ब्यापारीक प्रयोजनका निम्ति दुवै पक्षको ब्यापारीक नाका भनि भारतीय पक्ष र चिनीया पक्षले सम्झौता गरिरहँदा तत्कालीन नेपाली कांगेस को सरकार र कम्युनिष्ट हरूको प्रतिपक्षले किन यो बिषयमा प्रतिकार गर्न सकेनरुरु प्रश्न को गहिराइ लाई बिचार् गर्ने हो भने प्रारम्भ देखि भारतीय हस्तक्षेप को मौन स्बिकृती पंचायती ब्यबस्था देखि आज गणतन्त्र को समय सम्म नेपाल सरकारले स्विकार गर्दै आएको देखिएको छ। यहाँ शासन ब्यबस्था परिवर्तन भएको तर शासक को स्वरूप परिवर्तन भएको देखिएन जसकोेकारण भारतीय पक्षले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्दै आइरहेको छ। नेपालको आन्तरिक मामिलामा कहिल्यै पनि हस्तक्षेप नगरेको देखिएको चिनीया पक्षले समेत भारत संग सम्झौता मार्फत नेपाल को भुमि प्रयोग गर्न लागि परेका देख्दा नेपाल अबस्य पनि दुई छिमेकी मुलुक को चेपाई मा पर्दैछ भन्ने बुझ्नुपर्छ। कुनै पनि सार्वभौम राष्ट्रको भुमी भित्र अरू राष्ट्रले आफ्नो सैनिक क्याम्प खोली शैनिक गतिविधि सञ्चालन गर्छ भने त्यो राष्ट्रको सार्वभौमिकता खतरामा पर्यो भन्ने बुझ्नुपर्छनिरन्तर दबाब र बार्ता ले छिमेकी देश लाई नियन्त्रण मा राखौ ।

भारतीय पक्षले चिनको समर्थन मा हाम्रो भुमी माथि एकपक्षीय अधिकार एकातर्फ लिपुलेक भन्ज्याङ माथि कायम गरेको छ भने अर्को तर्फ बिकाश निर्माणको क्षेत्रमा सहयोग भन्दै चिनियाँ पक्षले सगरमाथा क्षेत्रमा बिकाश भन्दै जुन सम्झौता गरेको छ त्यसले भोलि हाम्रो उत्तरको भुमी पनि खतरामा पर्ने त होइन भन्ने प्रश्न पनि उब्जेको छ। यसरी लिपुलेक भन्ज्याङ बारे दुई छिमेकी मित्रराष्ट्र हरू ले नेपालको स्वतन्त्रता सार्वभौमिकता र अखण्डता आच आउने किसिमको जुन सम्झौता गरेको छ त्यसको खूलेरै बिरोध र खारेजीको माग अबिलम्ब नेपाल सरकारले गर्नै पर्छ। साथै भारतीय पक्षले नेपाली भूमि आफ्नो सिमाना भित्र नक्सा मार्फत हाल्ने जुन दृस्टता गरेको छ त्यसको अन्तराष्ट्रिय स्तरबाटै बिरोधको लागि पहल गर्नै पर्ने हुन्छ। काश्मिरको बिबादित बिषयमा भारतले आफ्नो स्वतन्त्र सार्वभौम सत्ता सम्पन्न राष्ट्र को कारण भारतीय संबिघान को बिशेष ब्यबस्था आर्टिकल घठण् खारेज गरि बिबादित भुमी लाई आफ्नो अधिकार प्रयोग गरि आफ्नो बनाउन सफल हुदां पाकिस्तान पक्षको बिरोध हुदा काश्मिरको भुमी आफ्नो आन्तरिक मामिला हो यसमा पाकिस्तान ले प्रश्न गर्न पाउदैन भन्ने जुन आबाज उसले अन्तर्राष्ट्रिय संध संगठन मा उठाइरहेको छ भारतीय पक्षलाई नेपाली को प्रश्न के तिम्रो भुमी मात्र सार्वभौम सत्ता सम्पन्न राष्ट्र को भूमी होरु लिपुलेक कालापानी क्षेत्र चै के हामी सार्वभौम सत्ता सम्पन्न राष्ट्र नेपाल को भुमि होइनर ?किन कब्जा गरिरहेको छौ तिमी लाई चिथोर्दा दुख्छ भने हाम्रो त तिमी ले धाटि रेटिसक्यौ ।

यो बिषयमा अब स्वतन्त्र सार्वभौम सत्ता सम्पन्न नेपाल राष्ट्र ले आफ्नो स्वतन्त्र अस्तित्व लाई जोगाउन अबिलम्ब भारतीय पक्ष संग बार्ता गरि समस्या समाधान को प्रयास मा लाग्नु पर्छ होइन भने अन्तर्राष्ट्रिय कानुन को उल्लंघन कै आरोप मा संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय अदालतमा कारबाही को लागि रिट दायर गर्नै पर्ने हुन्छ। राष्ट्रियताको नै कुनै पनि स्वतन्त्र सार्वभौम राष्ट्र को लागि महत्वपूर्ण कुरा हो। राष्ट्रियताको नाम भजेर खाने हरू राजतन्त्र देखि गणतन्त्र सम्म का सबै हुन। लम्पसार बाद सबैको रगरगमा छ।भारतमा बीजेपीले सरकार बनाउदा कुनै बादिहरूको हड्डी नै खुसी ले गदगद भएको पनि देखेकै हो। सबै ले आफ्नो स्वार्थ मा देशलाई बेचेकै हुन्। लिपुलेक र कालापानी मा भारतिय शैनिक प्रबेश गराई आजको अबस्था को बिउ रोप्ने राजतन्त्र हो जसमा मलजल र गोडमेल गर्ने काम अहिले को दलहरूले गरेका हुन् जसको फल नेपाल र नेपाली जनताले भोग्नुपर्ने अवस्था श्रीजना भै सकेको छ कसैले आफू लाई चोखो भन्न पाउने छैनन्। अबको नेपाल को अबस्था को दोषि सबै हुनेछन् कोही आफूलाई चोखो भन्न पाउने छैनन्।

१९६२ मा लिपुलेक भन्ज्याङ मा नेपाली सेनाको प्रबेश बाट सुरु भएको यो काण्ड अब गणतन्त्र को सबैभन्दा राष्ट्रबादि भनिने ब्यक्तीत्व को सरकार को समयमा नेपालको भु भागलाई भारतको नक्शामा हाल्ने काम समेत हुदां सम्म कसैले यो बिषयमा उठान गर्न सकेनन् सबै भारतको हात आफ्नो शिरमा होस् भन्दै तछाड मछाड मा लागि परे। सबैले आफ्नो स्वार्थ लाई प्राथमिकता दिए देश को सिमा मिचेकोमा कसैले चुइँक्क पनि बोल्न सकेनन्। राजा महेन्द्रको दोष भनेको तत्कालीन समयमा लिपुलेक भन्ज्याङमा चीन संग युद्धमा पराजित भएर फर्केका भारतीय सेना ले क्याम्प बनाई बसिसकेपस्चात सेना फिर्ता गराउनकुनै पनि कुटनितीक पहल भारत संग नगर्नु नै हो जसको कारण भारतले हामो भुमी मा शैनिक क्याम्प बनाएर बस्न सफल भयो। पैसा मा बेचेको भन्ने भनाइ पूर्ण असत्य हो तर तत्कालीन नेपालको राजनितीक अबस्था २०१७ मा बहुदलीय व्यवस्था हटाई पंचायती ब्यबस्था आइसके पस्चात पंचायती ब्यबस्था लाई कायम राखि राख्न कै लागि भएपनि यो बिषयमा भारत संग बोल्न नसक्नु चै सबैभन्दा ठूलो गल्ती महेन्द्र को हो जति प्रमाण राजतन्त्र लाई चोखो बनाउन पेस गरे पनि यो कुरा चै धुर्बसत्य नै हो हो ।भारतको गुलामि सो समयदेखि आज सम्म नेपाल राष्ट्र को राजनीतिक नेतृत्व ले गरीरहेकै छन्।समयमै यो बिषयमा कुटनितीक मर्यादा भित्र रहि पहल सरकारले गरोस र जनताले पनि सभ्य र सुसंस्कृत तवरले बिरोध गरिनै रहनु पर्छ ।उत्तेजना र आबेगले कुनै पनि काम पुरा हुन्छ भन्ने सोच्नु गलतहो यो राष्ट्र को सबैभन्दा संवेदनशील विषयहो तसर्थ यो बिषयमा गहिरिएर बिचार् गर्ने र सबै एकजुट भै छलफल गर्नु को बिकल्प छैन ।

आबेग र उत्तेजनालाई नियन्त्रणमा राखी अब यो निरन्तर छलफल र कुटनितीक पहल द्वारा निस्कर्ष निकाल्नको लागि दबाब मूलक कार्यक्रम संचालन गरौ ।छलफल र बार्ता नै बिबाद समाधानको अन्तिम निष्कर्ष हो युद्ध ले क्षति पुर्‍याउँछ तर नियमित रुपमा दबाब दिन र बिरोध गर्न नछोडौ सकारात्मक हलको पक्षमा लागेर समस्या समाधान को प्रयास गरौ।

(लेखिका पाटन संयुक्त क्याम्पसमा राजनितिशास्त्र अध्यापन गराउनुहुन्छ)

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  १ : ४५ बजे