चर्चित भारतिय गायिका लता मंगेशकरको स्वास्थ्य अवस्था नाजुक



काठ्माण्डौ-

चर्चित भारतिय गायिका लता मंगेशकर श्वासप्रश्वासमा समस्या देखिएपछि सोमबार मध्याह्न अचानक अस्पताल भर्ना भएकी छन् ।

हाल उनको मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा उपचार भइरहेको छ । उनलाई निमोनिया र फोक्सोमा इन्फेक्सन देखिएको उनको उपचारमा सम्लग्न चिकित्सकहरुले बताएका छन ।उनको स्वास्थ्यमा पछिल्लो समय अवस्थामा केही सुधार देखिए पनि उनको अवस्था गम्भिर रहेको  बताइएको छ ।

सोमबार उनको स्वास्थ्य अवस्था बुझ्न लताकी बहिनी आशा भोसले पनि अस्पताल पुगेकी थिइन्। बलीवुडका अन्य ख्याती प्राप्त कलाकारहरु पनि अस्पताल पुगेर उनको स्वास्थ्यलाभको कामना गरीरहेका छन ।

२५ हजार भन्दा बढी गीत गाइसकेकी लता मंगेशकर भारतको प्रतिष्ठित सम्मान भारतरत्नबाट पनि सम्मानित भइ सकेकी छिन ।

सन् १९७४ मा द गिनिज बुक अफ रेकर्डस्ले सन् १९४८ देखि १९७४ भित्र २० भारतीय भाषाहरुमा इतिहासमै सर्वाधिक २५ हजारभन्दा बढी गीत रेकर्ड गराएकोमा लताको नाम उल्लेख गरेको थियो ।

उक्तपछि  विवाद हुन थालेपछी उक्त  रेकर्डबाट लताको नाम हटाइएको थियो ।

प्रकाशित मिति : कार्तिक २६, २०७६ मंगलबार  २ : २५ बजे