काठ्माण्डौ,एजेन्सि-
श्रीलङ्काको राष्ट्रपतिमा सत्तारुढ दलका उम्मेदवार सजिथ प्रेमादासलाई पराजित गर्दै विपक्षी दलका तर्फबाट उम्मेदवार बनेका गोटाबाया राजापाक्षे निर्वाचित भएका छन्।
श्रीलङ्काली सेनाका पूर्व ‘लेफ्टिनेन्ट कर्णेल’ समेत रहेका राजापाक्षेले झण्डै ५३ प्रतिशत मत प्राप्त आइतबार निर्वाचित भएका हुन्।
झण्डै दश बर्ष तमिल टाईगर्सको द्धन्द्ध अन्त्यका लागि महत्वपूर्ण भूमिका खेलेका राजापाक्षे आइतबार राष्ट्रपतिमा निर्वाचित भएका हुन्।उनले दश बर्ष अगाडि रक्षामन्त्री रहेका बेला तमिल टाईगर्सको द्धन्द्ध अन्त्यका लागि महत्वपूर्ण भूमिका खेलेका थिए । तमिल विद्रोहीहरुसँग गृहयुद्ध चरम अवस्थामा हुँदा उनि रक्षा सचिवको महत्वपूर्ण जिम्मेवारीमा थिए ।
तमिल विद्रोहीहरुसँग गृहयुद्ध हुँदा उनले निभाएको भूमिकालाई महत्वपुर्ण मानिन्छ ।
राष्ट्रपतिमा नवनिर्वाचित राजापाक्षे पूर्व राष्ट्रपति महिन्दा राजापाक्षेका भाइ हुन्।
नवनिर्वाचित राष्ट्रपति राजापाक्षे र उनको दल श्रीलंकाको बहुसंख्यक सिन्हाला समुदायमाझ लोकप्रिय मानिन्थ्यो ।
श्रीलङ्काको वर्तमान सरकारमा आवास मन्त्री रहेका सजिथ प्रेमदासाले एक वक्तव्य जारी गर्दै आफ्नो हार स्वीकार गरेका छन् ।
सम्बन्धित समाचार-
श्रीलंकामा राष्ट्रपति चुनाव : हिंसाका बीच मतदान जारि,मतदाता चढेको गाडीमानै गोलीबारी










