हङ्‌कङमा प्रदर्शन हिंस्रक बन्दै :प्रजातन्त्रबादीहरु पछी हटेनन



हङकङ-

हङ्‌कङमा प्रजातन्त्रबादी पक्षधर र प्रहरीबीचको तनाब झन उघ्र बन्दै गएको छ ।हङकङमा पछिल्लो समयको प्रदर्शन हिंस्रक समेत बन्दै गएको छ ।

हङ्‌कङस्थित प्रजातन्त्रबादी प्रदर्शनकारीहरुले अखडा बनाएको एउटा विश्वविद्यालय परिसरमा आइतवार रातभरि झडप भएको अन्तर्‍आष्ट्रीय सञ्चारमाध्यमहरुले समाचारमा जनाएका छन ।

प्रहरीले उक्त विश्वविद्यालयमा रात भर घेराबन्दी गरेको थियो ।  दर्जनौं प्रहरीले अश्रुग्यास र रबरको गोली प्रहार गरेको थियो ।

प्रहरी र प्रदर्शनकारीहरुबिच उक्त बिश्वबिधालय क्षेत्रमा सोमवार पनि झडप भएको छ।

प्रदर्शनकारीहरूले पेट्रोल बम, ढुङ्गा र अरू घातक हतियार प्रहार गरिरहेका छन भने प्रहरीले अश्रुग्यास र पानीको फोहरा प्रयोग गरेको छ।

हङकङका नागरिकलाई चीन सुपुर्दगी गर्न सकिनेगरी हङकङ सरकारले बनाएको विधेयकको विरोधमा शुरु भएको प्रदर्शन उक्त विवादास्पद सुपुर्दगी विधेयक स्थगितको घोषणा गरिए पछी पनि रोकिएको छैन ।

पछिल्लो समयको प्रदर्शन हिंस्रक बन्दै गएको छ भने प्रजातन्त्रबादीहरु पछी हट्ने अवस्था अहिले सम्म देखिएको छैन ।

प्रदर्शन थप बढ्दै गएपछी चिनले सेना परिचालन गर्ने प्रष्ट सङ्केत दिए पछी त्यहाको राजनितिक सङ्कट थप गहिरिदै गएको ठानिएको छ ।

बृटिष उपनिबेशको रुपमा रहेको हङ्कङ सन १९९७ मा हङ्कङको स्वतन्त्रतता अक्षुण रहने सर्तमा ब्रिटेनले चिनलाई सुम्पेको थियो ।

सम्बन्धित समाचार –

हङकङका प्रदर्शनकारीद्वारा अमेरिकाको झण्डा सहित प्रदर्शन, ट्रम्पसँग मागे सहयोग

हङकङकी प्रमुख कार्यकारी क्यारी लामद्वारा सुपुर्दगी विधेयक फिर्ता लिने घोषणा

हङ्‌कङमा प्रजातन्त्रवादी प्रदर्शनकारी र प्रहरीबीच मुठभेड, घाइते मध्ये पाँचजनाको अवस्था गम्भीर

प्रमुख प्रजातान्त्रिक अभियन्ता जोसुवा वाङ पक्राउ : हङकङमा राजनितिक सङ्कट गहिरिदै

प्रकाशित मिति : मंसिर २, २०७६ सोमबार  ६ : ४७ बजे