पाकिस्तानी पूर्व प्रधानमन्त्री नवाज सरीफ थप उपचारका लागि लण्डनमा



काठ्माण्डौ, एजेन्सि-

भ्रष्टाचारको अभियोगमा जेल सजाय भोगिरहेका पाकिस्तानी पूर्व प्रधानमन्त्री नवाज सरीफ थप उपचारका लागि सोमबार लण्डन  पुगेका  छन्।

पूर्व प्रधानमन्त्री शरीफको निजी चिकित्सकाका रुपमा उनि सगै लण्डण गएका डा. अड्नान खानले सुरक्षित लण्डन पुगेको जानकारी गराएका हुन ।

भ्रष्टाचारको अभियोगमा जेल सजाय भोगिरहेका कारण पूर्व प्रधानमन्त्री सारीफलाई पाकिस्तान छोड्नको लागी त्याहाको सरकार र अदालतको अनुमती लिनुपर्ने भएकाले लामो प्रयास पछी उनले थप उपचारका लागि लण्डन जाने अनुमती पाए सगै उनि उपचारका लागी लण्डन गएका हुन ।

सरिफलाई २५ अक्टोबरका दिन लाहौर उच्च न्यायलयले उपचारका लागि विदेश जान अनुमति दिएको थियो।

उनका साथ भाइ सहबाज, निजी डाक्टर र दुई सहयोगी गएका छन्। सरिफलाई मुटु, सुगर र मिर्गौलासम्बन्धी समस्या पनि रहेको बताइएको छ।

कतारी राजपरिवारको भीआइपी एयर एम्बुलेन्स सरिफलाई लिन मंगलबार बिहान लाहोर पुगेको थियो ।

सरिफलाई मुटु, सुगर र मिर्गौलासम्बन्धी समस्या पनि रहेको बताइएको छ।

 

सम्बन्धित समाचार –

पाकिस्तानी पूर्व प्रधानमन्त्री नवाज सारीफलाई थप उपचारका लागि लण्डन जान सरकारले दियो स्विकृती

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफको स्वास्थ्य अवस्था थप गम्भीर

प्रकाशित मिति : मंसिर ४, २०७६ बुधबार  ८ : ०५ बजे