शुल्क फिर्ताको माग राखी आन्दोलन गरिरहेका विद्यार्थीमाथि कुटपिट



वीरगञ्ज

वीरगञ्जस्थित नेशनल मेडिकल कलजेमा अतिरिक्त शुल्क फिर्ताको माग राखी आन्दोलन गरिरहेका विद्यार्थीमाथि मेडिकल सञ्चालकहरुले ‘गुण्डा’ प्रयोग गरेर कुटपिट गराएका छन्।

विगत केही दिनदेखि नेशनल मेडिकल कलेजमा विद्यार्थीहरुले सरकारले तोकेभन्दा बढि लिएको अतिरक्त शुल्क फिर्ता गर्नुपर्ने भन्दै धर्नामा बसेका विद्यार्थीमाथि ‘गुण्डा’लागाएर कुटपिट गरिएको विद्यार्थीहरुले ब ताएका छन ।

नेशनल मेडिकल कलेज सत्तारुढ दल नेकपा निकट रहेका वसुरिद्दि अन्सारीको हो। सत्ताकै आडमा उनले मेडिकल कलेजमा लुट मच्चाइरहेको आरोप लागेको छ। निजी मेडिकल कलेजहरुले सरकारले तोकेको भन्दा करिब ८ लाख रुपैयाँ विद्यार्थीबाट बढि अशुलेका छन्। यही विषयलाई विद्यार्थीहरुले आन्दोलन गरिरहेका छन ।

प्रकाशित मिति : मंसिर ६, २०७६ शुक्रबार  ३ : २४ बजे