जुम्लाको कालेखोलीमा भिषण आगलागी : अन्न-कपडा सबै नष्ट,क्षतिको पुरै बिबरण आउन बाकी



जुम्ला-

जुम्लाको कालेखोलीमा ३ तले घरमा भिषण आगलागी भएको छ । बिहान करिब १२ बजे आगलागी भएको सो घरमा दमकल जानेबाटो नहुँदा जलेर नष्ट भएको र अहिले उद्धार भईरहेको छ ।

जलेको घर जुम्ला चन्दननाथ नगरपालिका २ का गोविन्द भण्डारीको भएको स्थानीय कर्ण भण्डारीले जानकारी दिए ।

अहिले नेपाली सेना, नेपाल प्रहरी र स्थानीयद्धारा उद्धार कार्य र आगलागी नियन्त्रण लिने काम भईरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

मानवीय क्षति नभएको जानकारी प्राप्त भएपनि घरमा भएका लत्ता कपडा देखी विभिन्न प्रकारका सम्पूर्ण सामानहरु जलेर नष्ट भएका छन् ।

घरधनी जिल्ला बाहिर भएकाले क्षति विवरण ढिला आउने प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : मंसिर ८, २०७६ आईतबार  ८ : ५१ बजे