नक्कली चेक बनाएर जनता बैंक बानेश्वर शाखाबाट २० लाख रुपैयाँ निकालेको आशंकामा ६ जना पक्राउ



न्यू सञ्चार, काठ्माण्डौ-

चेक नै नक्कली बनाएर जनता बैंकको बानेश्वर शाखाबाट झन्डै २० लाख रुपैयाँ निकालेको घटनामा संलग्न भएको आशंकामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।

जनता बैंकको बानेश्वर शाखामा खाता रहेका गोपालमान राज बाहकको खाताको पैसा नक्कली चेक बनाएर १९ लाख ९९ हजार रुपैयाँ निकालिएको प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तम सुवेदीले दिएको जानकारीअनुसार यी छ जनाबाट प्रहरीले १८ लाख रुपैयाँ बरामद गरेको छ।

उनीहरूले पटक पटक गरी खाताबाट पैसा निकालेका थिए।

प्रकाशित मिति : मंसिर ११, २०७६ बुधबार  ८ : १५ बजे