न्यू सञ्चार्, बुटवल
अर्घाखाँचीको सन्धीखर्क नगरपालिका वडा नम्बर ६ नरपानीमा बस दुर्घटना परी मृत्यु भएका १९ जना मध्ये ११ जनाको सनाखत भएको छ ।दुर्घटनामा घाइते भएका १८ जना मध्ये ८ जनाको भैरहवा मेडिकल कलेजमा र ७ जनाको चौराहा अस्पताल बुटवलमा उपचार भैरहेको छ भने एक जनालाई काठमाण्डौ रेफर गरिएको छ। दुई जना भने उपचार पछि घर फर्किएको सन्धिखर्कबाट बुटवलका लागि छुटेको लु २ ख २१४८ नम्बरको बस दुर्घटना भएको हो। अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताएका छन ।
नरपानीमा बुधबार बेलुकी बस दुर्घटना हुँदा गाडी धनी सितगंगा नगरपालिका–२ का सन्तबहादुर बस्नेत र चालक कपिलवस्तुका बसन्त भनिने ओमबहादुर थापासहित १९ जनाको मृत्यु भएकाे थियो ।
हालसम्म सनाखत भएकाहरुको नामावली-
१) वसन्त भन्ने ओम बहादुर थापा, वर्ष ३१, चालक रुपन्देही बासगढी
२) माया पुरी, १८ वर्ष, खाचिकोट काउले
३) मेनुका खड्का, ८ वर्ष, खाचिकोट काउले
४) बलराम भट्टराई, खाचिकोट डिहिडाँडा
५) सीता बस्नेत, २७ वर्ष, शितगंगा–२ घर भइ हाल चप्परगाउँ कपिलवस्तु
६) राज कुमार महत, २८ वर्ष, पिपलडाडा वेम्जिङ, गुल्मी
७) सन्त बहादुर बस्नेत, ३६ वर्ष, छत्रदेव गा ।पा । ७, (उपचारको क्रममा चौराह अस्पताल बुटवलमा)
८) शैलैस थापा, भूमिकास्थान नगरपालीका–९, अर्घाखाँची
९) शिवलाल भट्टराई, सन्धीखर्क–७, खाचिकोट
१०) छविलाल गइरे, सनापा–१०
११) एक जना ६ महिनाका बालक








