अमेरिकी राष्ट्रपति ट्रम्पले गरे हङ्‌कङका प्रजातन्त्रबादी प्रदर्शनकारीहरूलाई समर्थन गर्ने विधेयकमा हस्ताक्षर



काठ्माण्डौ-

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हङ्‌कङमा प्रजातन्त्रको माग गर्दै आन्दोलन गरिरहेका प्रदर्शनकारीहरूलाई समर्थन गर्ने विधेयकमा हस्ताक्षर गरेका छन्।

अमेरिकी कंग्रेसले पारित गरेको उक्त विधेयक अब कानुन बनेको छ

हङ्‌कङ प्रजातन्त्र तथा मानव अधिकार कानुनले हङ्‌कङले बाँकी चीनबाट पर्याप्त स्वायत्तता हासिल गरे नगरेको विषयमा वार्षिक समीक्षा गर्ने प्रस्ताव गरेको छ।

ट्रम्पले “राष्ट्रपति सी (जिन्पिङ), चीन र हङ्‌कङका जनता”प्रति सम्मान व्यक्त गर्न आफूले नयाँ कानुनमा हस्ताक्षर गरेको बताए।

अमेरिकी राष्ट्रपति ट्रम्पले चीन-अमेरिका व्यापार युद्धलाई अन्त्य गर्न चीनसँग व्यापार सम्झौता गर्न खोजिरहेका छन्।उनले हङ्‌कङसँग सम्बन्धित अर्को कानुनमा पनि हस्ताक्षर गरेका छन्। त्यसले हङ्‌कङ प्रहरीलाई भिड नियन्त्रण गर्न प्रयोग गर्ने अश्रुग्यास, रबरका गोली र स्टेन गनजस्ता अस्त्र निर्यातमा प्रतिबन्ध लगाइदिएको छ।

।यस घटनाले अमेरिका र चिनको सम्बन्ध भने थप जटिल हुने अनुमान गरिएको छ ।  चिनियाँ अधिकारीहरूले यसअघि नै अमेरिकालाई चिनियाँ आन्तरिक मामिलामा “हस्तक्षेप नगर्न” चेतावनी दिइसकेका छन्।

सम्बन्धित समाचार-

हङ्‌कङको निर्बाचनमा प्रजातन्त्र समर्थकहरुलाई ठुलो सफलता

हङ्‌कङमा प्रदर्शन हिंस्रक बन्दै :प्रजातन्त्रबादीहरु पछी हटेनन

हङकङका प्रदर्शनकारीद्वारा अमेरिकाको झण्डा सहित प्रदर्शन, ट्रम्पसँग मागे सहयोग

हङकङकी प्रमुख कार्यकारी क्यारी लामद्वारा सुपुर्दगी विधेयक फिर्ता लिने घोषणा

प्रमुख प्रजातान्त्रिक अभियन्ता जोसुवा वाङ पक्राउ : हङकङमा राजनितिक सङ्कट गहिरिदै

प्रकाशित मिति : मंसिर १२, २०७६ बिहीबार  ८ : २१ बजे