काठमाडौंबाट दुइ जना अबैध हुन्डी कारोबारी पक्राउ



न्यू सञ्चार,काठ्माण्डौ-

काठमाडौंबाट दुइ जना अबैध हुन्डी कारोबारी पक्राउ परेका छन ।

महानगरीय प्रहरी अपराध महाशाखा टेकुले अबैध हुन्डी संचालन गरी राजस्व छली गरेको सूचनाका आधारमा उनिहरुलाई पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका १८ का ५८ बर्षीया गोवर्धन प्रसाद सरावगी र अर्घाखाँची शितगंगा नगरपालिका ४ का २३ बर्षीया कृष्ण प्रसाद भट्टराईलाई काठमाडौंको न्यूरोडबाट पक्राउ गरिएको प्रहरी बरिष्ठ उपरिक्षक सहकुल बहादुर थापाले जानकारी गराए ।

उनिहरुबाट करिव ३८ लाख ९२ हजार नगद सहित विभिन्न व्यक्तिहरुको नाममा काटिएको चेक पनि बरामद गरिएको छ ।

प्रकाशित मिति : मंसिर १२, २०७६ बिहिबार  २ : ०९ बजे