उपनिर्वाचनको दिन पोखरामा अनुमति विना चलाएका २ सय ५० वटा सवारी साधन प्रहरी नियन्त्रणमा



मंसिर १४,पोखरा-

कास्की क्षेत्र २ अन्तर्गत प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको दिन पोखरामा अनुमति विना चलाएका करिब २ सय ५० वटा सवारी साधनहरु प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीबाट सवारी अनुमती पत्र नलिई पोखरामा संचालनमा आएका साना ठुला गरी करिब २ सय ५० वटा सवारी साधनहरु प्रहरीले नियन्त्रणमा लिएको कास्कीका ट्राफिक प्रहरी प्रमुख सन्तोस रोक्काले बताए ।

उपनिर्वाचनको दिननै पोखराका बिभिन्न ठाउमा बम बिस्फोटका घटना समेत भएका छन ।बिस्फोटका घटना भए पनि मतदानमा जनसहभागिता भने उत्साहजनक देखिएको छ ।

 

प्रकाशित मिति : मंसिर १४, २०७६ शनिबार  १० : ०९ बजे