बाग्लुङ जिप दुर्घटनाप्रति कांग्रेस सभापति देउवाद्वारा दुःख व्यक्त



काठ्माण्डौ-

बाग्लुङमा जिप दुर्घटाना हुँदा १४ जनाको मृत्यु भएको घटनाप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् ।

गुल्मीबाट बाग्लुङको निसिखोला जादै गरेको ग १ ज ५२१९ नम्बरको जीप भीमगिठेमा दुर्घटनामा परी निधन हुनेहरु प्रती सभापति देउवाले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सबै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेका छन् । बाग्लुङमा यति ठूलो संख्यामा मानिसहरुको मृत्यु हुनेगरी भएको दुःखद घटनाले सिङ्गो मुलुकलाई नै शोकमग्न बनाएको छ देउबाको तर्फबाट जारी गरिएको बिज्य्प्तिमा उल्लेख गरिएको छ ।

पछिल्लो समय यस्ता सडक दुघर्टना बढ्दै गइरहेकोले तत्काल एक कार्यदल गठन गरी घटनाहरुको गहिरो अध्ययन गरेर यस्ता घटनाहरुलाई नियन्त्रण गर्न गराउन समेत सभापति देउवाले सरकारको ध्यान आकृष्ट गराएका छन ।

प्रकाशित मिति : मंसिर १७, २०७६ मंगलबार  ८ : ४६ बजे