मुस्ताङमा भारतीय नागरिकको मृत्यु



मुस्ताङ –

मुस्ताङमा बुधबार एक भारतीय नागरिकको मृत्यु भएको छ ।

भारतको छत्तीसगढका ६१ वर्षीया सरालु नाडुको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराले जनाएको छ ।

मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्थित जोमसोम बजारको एक होटलमा बास बसेको अवस्थामा उनको मृत्यु भएको हो ।

अत्यधिक उचाइका कारण मृत्यु भएको ठानिए पनि यकिन भइसकेको छैन । प्रहरीले यसबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : मंसिर १९, २०७६ बिहिबार  ६ : ३० बजे