मिस पूर्वाञ्चलको अन्तिम प्रतिस्पर्धामा २१ युवती भिड्ने



काठमाडौं ।

‘मिस पूर्वाञ्चल’को दशौँ संस्करण अन्तिम प्रतिस्पर्धामा २१ युवती भिड्ने भएका छन् ।

प्रतियोगीहरु पूर्वका धरान, इटहरी र बिराटनगरको बिभिन्न स्थानमा आयोजित अडिसनबाट छानिएका हुन । उनिहरु अहिले ग्रुमिग क्लास, फोटोग्राफी र मेकअप क्लास सहित अन्तिम प्रतिस्पर्धाको तयारीमा जुटेका छन् ।

प्रतियोगिताको बिजेताले ‘मिस पूर्वाञ्चल २०१९’को उपाधिसंगै रु २ लाख नगद र अध्ययनका लागि युएन कलेजको छात्रवृत्ति प्राप्त गर्नेछन् ।

प्रतियोगिताको फाइनल पौष ५ गते शनिबार धरानमै आयोजना हुनेछ ।

यस प्रतियोगितालाई पूर्वाञ्चलकै सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिता मान्ने गरिएको छ ।

प्रकाशित मिति : मंसिर १९, २०७६ बिहीबार  ७ : २३ बजे