कालिको-
बिगत लामो समय देखि अन्योलमा रहेको कालिकोट जिल्लाको तिलागुफा नगरपालिकाको प्रमुख कार्यलय मिति २०७६(०८(१६ गते सम्पन्न भयको चुनाबी प्रकृयाबाट दुई तिहाइको बहुमत प्राप्त गरि चिल्खाया बडा नं ०९ मा स्थापित भयको छ ।
उक्त नगरको चनाबी प्रकृयामा कालिकोट जिल्लाका सम्माननिय सांसद दुर्ग बहादुर रावत, पुर्ब सांसद नबराज कोइराला ,नगर प्रमुख रतन बहदुर शाही, उपप्रमुख दन्ता नेपाली ,नगर सदस्य माया जि सि , बडा अध्यक्ष नरेन्द्र रोकाया , मुनाल थापा साथै वडा अध्यक्षहरु लगायत जनप्रतिनिधिहरुको प्रत्यक्ष उपस्थितिमा सम्पन्न गरिएको छ ।
नेविसंघका नेता प्रेम जि. सि. का अनुसार चिल्खायालाइ साच्चिकै भौगोलिक सुन्दरताले भरिपुर्ण र कर्णाली अञ्चलको उपत्यकाको रुपमा पनि हेर्ने गरिएको र बिबिध प्राकृतिक स्रोतहरुको धनी मानिने सुन्दर चिल्खाया आफैमा इतिहासिक धर्म, कला , सास्कृती, सब्यता र अनेकौ जातजातिको साझा सुन्दर बस्तिको समान परिचय बोकेको छ ।
सबिकको चिल्खाया गा. बि. स. ले परिचित ठाउँ हाल नगरपालिकाको वडा नं ९,१०,११ मा पर्ने जान्छ्न र साबिकको राचुली गा बि स मा पर्ने भातडि गाउँ हाल सुन्दर चिल्खया वडा नं ९ मा पर्न जान्छ र यो वडालाई नगरपलिकाको सबै भन्दा ठूलो वडाको रुपमा पनि हेरिन्छ । विश्वको अग्लो ठाउमा पाइने अर्गानिक मार्सी धान यस चिल्खाया बासिको प्रमुख खेतिको रुपमा लिइन्छ र प्रसस्तमात्रामा उब्जाउ गरि अन्यत्र निर्यातगर्ने पनि गरिन्छ । धार्मिक दृस्ठिकोणले हेर्दा पनि युगै युग देखिको पाच पाण्डपले बनायको पुरातात्त्विक मन्दिरको बिश्वास र आस्था यथावत नै छ ।
त्यस्तै अन्तरास्ट्रिय पर्यटकिय गन्तब्यको प्रसस्त सम्भावना बोकेको चिल्खाया(रुरुबन्चु फुलवारि पर्यटकीयको स्थल, ठुला ठुला हिमाली फाडहरुमा पाइने बहुमुल्य जडिबुटीहरु यार्चागुम्बा ,पाँचऔले ,चिराईतो, हतपसारो, जडिबुटीको चिया साथै नेपालबाट लोपउन्मुख हुन लागेका जनावरहरु पाटेबाघ ,कस्तुरी ,लेकाली भालु घोरल, बदेल र नेपालको राष्ट्रीय चरा डाफे आदि पाउने भयकोले उक्त ठाउले नगरपालिकाको सोभा बडाएको पाईन्छ ।
नगरपालिकको केन्द्रबिन्दु बनाउन सकारात्मक भुमिका जनप्रतिनिधि ,बुद्दिजिबी बर्ग ,नेता कार्यकर्ता र सम्पुर्ण सहयोगीहरुप्रती चिल्खायाका स्थानियहरु आभारी रहेको नेविसंघका नेता प्रेम जि .सि. ले बताए ।










