चाबहिल-साँखु खण्ड निर्माणमा ढिलाइ भएकोमा स्थानियहरु पुन:बिरोध प्रदर्शनमा उत्रीए



न्यू सञ्चार, काठ्माण्डौ-

चाबहिल-साँखु खण्ड निर्माणमा ढिलाइ भएकोमा पटक पटक बिरोध जनाउदै आएका स्थानियहरु पुन : बिरोध प्रदर्शनमा उत्रीएका छन ।सडकका कारण दुर्घटना बढेको र सास्ती भएको भन्दै सर्वसाधारणले उक्त सडक खण्डको थलीमा टायर बालेर प्रदर्शन गरेका हुन ।

उक्त सडकखण्डको थलीमा सवारीसाधन समेत रोकेर स्थानियहरुले सडकमै टायर बालेर विरोध जनाएका हुन् ।उक्त सडकखण्ड मर्मत कार्य लामो समय सम्म पुरा नहुँदा बर्षमा हिलो र अरुबेला धुलोको कारणले स्थानिय र उक्त सडकमा यात्रा गर्ने यात्रुहरुले हैरानी खेपिरहेका छन ।

सडकमा धूलोका कारण बस्ना र हिड्न नसकुने अवस्थाअ रहेको छ । चाबहिल-साँखुको ११ दशमलव ४६ किमिमध्ये सानो खण्ड मात्रै कालोपत्रे छ । बाँकी पूरै सडक कच्ची छ ।२०७२ सालमा चाबहिलबाट साँखुसम्म २२ मिटर चौडा चार लेनको सडक बनाउन काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले ठेक्का दिएको थियो । २०७२ सालबाट चार लेनको सडक बनाउन  भन्दै भत्काउन शुरु गरिएको सडक हाल साम्मा पनि नबन्दा स्थानीयहरुको आक्रोश झन झन बढी रहेको छ ।

विभागले पुरानो प्रणालीको ढल समस्याले कालोपत्रेमा ढिलाइ भएको जनाउँदै आएको छ ।

प्रकाशित मिति : मंसिर २२, २०७६ आइतबार  ९ : २० बजे