काठ्माण्डौ,एजेन्सि-
चिलीको सैनिक विमान अन्टार्टिकामा बेपत्ता भएको छ। बेपत्ता विमानमा ३८ जना सवार रहेको चिलीको वायुसेनाले जानकारी दिएको छ।
गत सोमबार चिलीको चाबुंको मिलिट्री बेसबाट अंटार्कटिका स्थित एडुअर्डो फ्रेइ मोंटालवा एयरबेसका लागी उडेको सी–१३० हर्कुलस विमान दुई घण्टा ५५ मिनेटपछि सम्पर्कविहीन भएको हो।
विमानमा चालक दलका १७ जना र २१ यात्रु सवार थिए।
हराइरहेको विमान र यात्रुको खोजीकार्य जारी रहेको बताइएको छ। दुईवटा एफ–१६ लडाकु विमान र चारवटा जहाजहरुलाई हराइरहेको विमान खोजीका लागि परिचालन गरिएको छ।










