सिन्धुपाल्चोक
सिन्धुपाल्चोकको सुनकोशी–७ मा यात्रुवहाक बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ ।
सुनकोशी गाउँपालिका–७ स्थित छ किलो भन्ने स्थानमा बा ४ ख ४४६८ नम्बरको यात्रुवहाक बस दुर्घटना हुँदा १३ जनाको ज्यान गएको छ भने १६ जना घाइतेमध्ये ३ को अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।
दोलखा कालिञ्चोकबाट भक्तपुर जाँदै गरेको बा २ ख ४४६८ नम्बरको यात्रुबस आइतबार बिहान लामोसाँघु-जिरी सडकखण्डअर्न्तगतको ६ किलोबाट ५ किलोमा सडकमै खस्दा १३ जनाको मृत्यु भएको हो ।बसका चालक फरार रहेको प्रहरिले जनाएको छ ।
बस सडकबाट करिब ५ सय मिटर तल खसेर क्षत विच्छेद भएको छ । उक्त बसमा कम्तिमा ४० जना यात्रु सवार रहेको अनुमान छ ।
मृतकहरुको सनाखत हुन सकेको छैन । अहिले घाईतेहरुको स्थानीय अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ।








