भारतीय राजदूत पुरीको कार्यकाल सकियो



नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीले तीनवर्षे कार्यकाल सकिएको छ । उनले आइतबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग बिदाइ भेट गरिसकेका छन् ।

अब भारतले नेपालका लागि नयाँ राजदूत पठाउने छ । तर, कसलाई पठाउने भन्ने कुरा अहिले यकिन भइसकेको छैन ।

नेपालका लागि नयाँ भारतीय राजदूतको रूपमा विकास स्वरूप, अखिलेश मिश्रा, गोपाल बगालेलगायतको नाम चर्चामा छ ।

प्रकाशित मिति : पुस १, २०७६ मंगलबार  ४ : १३ बजे