काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य र जिल्ला इन्चार्ज पक्राउ परेका छन् । प्रहरीले उदयपुरको कटारीबाट नेकपाका केन्द्रीय सदस्य देवान राई दीपेश र उदयपुर जिल्ला इन्चार्ज सुरेन्द्र थापा पक्राउ गरेको हो।
केही समयअघि बसेको विप्लब नेकपाको बैठकले दीपेशलाई सांस्कृतिक विचलनको अभियोगमा निलम्बन गरेको स्रोतले जनाएको छ । यद्यपि पार्टीले उनीमाथिको कारबाहीबारे सार्वजनिक गरेको छैन । उनी प्रचण्ड नेतृत्वको माओवादी जनयुद्धकालमा जनमुक्ति सेनाको ब्रिगेड कमाण्डर थिए ।








