मध्यरातमा गाउँपालिका अध्यक्ष शाही अपहरित



दैलेख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट बिजयी ठाटीकाँध गाउँपालिकाका अध्यक्ष अपहरणमा परेका छन् । अध्यक्ष धीरबहादुर शाहीलाई अज्ञात समूहले अपहरण गरेको हो ।

अध्यक्ष शाहीलाई गएराति साढे १२ बजेतिर आफ्नै घरबाट १५ जनाको समूहले अपहरण गरेको दैलेख प्रहरीले जनाएको छ ।

उनका भाइ हस्त शाहीका अनुसार विप्लव समूहका कार्यकर्ता अपहरण गरेको हुन् । अध्यक्ष शाहीसँगै श्रीमती लिला शाहीलाई पनि उक्त समूहले लिएर गएको छ।

उक्त समूहले भाइ हस्त शाहीलाई पनि आधाबाटोसम्म लगेर साढे १ बजेतिर छोडिदिएको बताइएको छ । प्रहरीका अनुसार खबर पाएलगत्तै उनीहरुको खोजि कार्य शुरु गरिएको छ ।

प्रकाशित मिति : पुस ६, २०७६ आइतबार  ३ : ३२ बजे