मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रहरीले भेटायो अत्याधुनिक हतियार एसएमजीसहित १० हजार गोली



सुनसरी । कुखुरा फार्ममा लुकाइ राखेको अवस्थामा सुनसरी प्रहरीले एक थान अत्याधुनिक हतियार एसएमजी बरामद गरेको छ । सुनसरी बराहक्षेत्र ५ मा एक थान एमएमजी र त्यसमा लाग्ने ९ हजार ९ सय ८२ वटा गोली बरामद गरिएको हो ।

प्रहरीका अनुसार गोप्य सूचनाका आधारमा छापा मार्दा कुखुरा फार्ममा लुकाइ राखेको अवस्थामा हतियार भेटिएको १ नम्बर प्रदेश प्रहरी प्रमुख डिआइजी ठाकुर ज्ञवालीले जानकारी दिए। ‘बरामद गरिएको हतियार डम्पिङ गरेको भन्ने कुरा आएको छ,’ डिआइजी ज्ञवालीले भने, ‘यस विषयमा अनुसन्धान गरिरहेका छौं।’

प्रकाशित मिति : ६ पुस २०७६, आइतबार  १० : ४५ बजे