मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बसको ठक्करबाट पशुपति क्याम्पसकी विद्यार्थीको मृत्यु, चावहिल क्षेत्र तनावग्रस्त



काठ्माण्डौ-

चावहिलस्थित पशुपति बहुमुखी क्याम्पसमा पढ्दै गरेको एक विद्यार्थीलाई यात्रुवाहक बसले ठक्कर दिएर मृत्यु भएपछि चावहिल क्षेत्र तनाब्ग्रस्त बनेको छ ।

त्यस क्षेत्रमा विद्यार्थीहरू आक्रामक प्रदर्शनमा उत्रीएका छन ।आक्रोशित विद्यार्थीहरुले बा ४ ख ७१०१ नम्बरको बसमा आगो लगाइदिएका छन्।‘ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। विद्यार्थीहरुको प्रदर्शन अहिले पनि जारी छ ।

सोमबार बिहान बा ४ ख ५९२० नम्बरको बसले बिबिएस पढ्दै गरेकी २१ वर्षीया सृष्टि पन्तलाई ठक्कर दिएको थियो। बाटोमा हिँडिरहेको बेला बसले ठक्कर दिएपछि गम्भीर घाइते भएकी पन्तलाई उपचारका लागि ओम अस्पताल लगिएकोमा उपचारका क्रममा उनकोको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

 

प्रकाशित मिति : ७ पुस २०७६, सोमबार  ६ : ०१ बजे